२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र ११, २०७८

बागलुङ – शिकार खेल्न प्रतिबन्धित दुर्लभ जंगली जनावर भालुको पित्तसहित यहाँका एक जना पक्राउ परेका छन् । प्रहरीले ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदी बस्ने ४२ वर्षीय चित्रबहादुर सेरवुर्जा प्रतिबन्धित भालुको पित्तसहित पक्राउ गरेको हो ।

सेरवुर्जाले भालुको पित्तको कारोबार गर्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । पक्राउ पर्ने सेरवुर्जामाथि अनुसन्धान तथा मुद्दा चलाउनको लागि बिहीबार जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको छ । भालु एक दुर्लभ जंगली जनावर हो । नेपालमा भालुको शिकार खेल्न प्रतिबन्द लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी सेरवुर्जालाई कारबाहीका लागि जिल्ला वन कार्यालय बागलुङमा पेस गर्ने प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । बुधबार साँझ प्रहरीले हुन्द्रफेदी पुगेर खोज तलास गर्दा २५० ग्राम पित्त लुकाई राखेको अवस्थामा फेला परेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]