१९ माघ २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र ११, २०७८

काठमाडौं – काठमाडौंमा आजदेखि कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाईंदैछ।

भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। यसअघि भेरोसेलको पहिलो डोज लगाएका ५० वर्ष वा सो भन्दा माथि उमेरका समूहका सबैलाई दोस्रो डोज दिइनेछ। विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि दोस्रो डोज दिइनेछ।अत्यावश्यक सेवामा कार्यरत व्यक्ति, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो डोज लगाउन छुटेका नागरिकलाई पनि दोस्रो डोज दिइने कार्यालयले जनाएको छ।

काठमाडौंका सबै वडा र स्थानीय तहका १ सय ४६ खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ। राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा गएर पनि दोस्रो डोज लगाउन सकिने कार्यालयले जनाएको छ।

पहिलो डोज खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बर लगेर खोप लगाउन जान कार्यालयले अनुरोध गरेको छ। दोस्रो डोजको भेरोसेल खोप भदौ १३ गतेसम्म लगाइनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]