०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र १०, २०७८

कर्तव्य ज्यानमुद्दामा अदालतबाट १९ वर्ष ६ महिना कैद सजाय तोकिएका फरार अभियुक्तलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ।

पुतलीबजार नगरपालिका-१४ का ७५ वर्षीय यमप्रसाद पौडेललाई प्रहरीले बुधबार पक्राउ गरेको हो।पोखरामा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।जिल्ला अदालत स्याङ्जाको २०५४ साल कात्तिक ४ गतेको फैसलाले पौडेललाई १९ वर्ष ६ महिना १२ दिन कैद तोकेको थियो। त्यसयता उनी फरार थिए।पौडेललाई अदालत पेश गरिएकोमा अदालतले कारागार चलान गरेको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। यस्तै, प्रहरीले सुनसरीबाट बुधबार ८३ जना फरार अभियुक्त पक्राउ गरेको छ। फैसला कार्यान्वयनको सिलसिलामा गर्भपतन, मानव बेचविखन, सवारी ज्यान, लागुऔषध, जबरजस्ती करणी, अपहरण, ज्यानमार्ने उद्योग, कर्तव्य ज्यानलगायत मुद्दाका फरार अभियुक्त पक्राउ गरिएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।

पक्राउबाट अदालतमा बेरुजु रहेको ८० वर्षी दुई महिना २३ दिन कैद र १४ लाख ७९ हजार ५ सय रूपैयाँ जरिवाना फर्स्यौट भएको थापाले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]