३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ०९, २०७८

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट विभिन्न वन्यजन्तुको आखेटोपहार सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–५ घर भएका ६५ वर्षीय सोनाम तामाङ छन् ।

वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसमा सवार सोनामको साथबाट प्रहरीले २ थान हुचिलको खुट्टा र दुईवटा हुचिलको पञ्जा बरामद गरेको छ । उनको साथबाट यकिन हुन नसकेको हड्डी, ४ सय ग्राम जंगली जनावरको सुकुटी, तीनवटा शंख र टल्कने ढुंगा पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले शंख र ढुङ्गा थप अनुसन्धानको लागि पुरातत्व विभागमा पठाएको छ । बरामद आखेटोपहार सहित सोनामलाई डिभिजन वन कार्यालय हात्तिसारमा पाठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]