सिरहाबाट लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका वडा नम्बर १३ असारे बस्ने ५० वर्षीय गोपाल तामाङ छन् ।
उनलाई दुईकिलो ८ सय ग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र अस्थायी प्रहरी पोष्ट पक्कीटोल सिरहाबाट खटिएको प्रहरी टोलीले तामाङको घरमा खानतलासी गर्दा दुईकिलो ८ सय ग्राम अवैध गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।