१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खसेको छ । बिहान साढे ५ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वी राजमार्गको नागदी खोला भन्ने स्थानको सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार लु १ च ९७३१ नम्बरको पिकअप भ्यानमा चालक सहित दुई पुरुष र दुई महिला गरी चार जना सवार थिए । चार मध्ये तीन जना बेपत्ता भएको प्रहरी प्रवक्ता सुर्य थापाले जानकारी दिए ।

प्युठानका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का भने नदीबाट पौडिएर बाहिर आएको थापाले बताए । उनकी श्रीमती ३३ वर्षीया जमुना रोक्का, उनकी १५ वर्षीया छोरी जिनिसा रोक्का र भ्यान चालक प्युठान झिम्रुक गा.पा. १ बस्ने २३ वर्षीय सुर्य के.सी बेपत्ता छन् ।

मुकुन्द दम्पति छोरी जिनीसाको उपचारको लागि काठमाडौं जाँदै थिए । पौडिएर बाँच्न सफल मकुन्द घाइते अवस्थामा रहेको र उनको अहिले चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

त्रिशुली नदीमा खसेको पिकअप भ्यान नदीमा पुरै डुबेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीद्वारा बेपत्ता भएकाहरुको खोजीकार्य भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]