२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र ०६, २०७८

काठमाडौं– मकवानपुरको हेटौँडाबाट अपहरणमा परेका २ जना युवकको भारतबाट सकुशल उद्धार गरिएको छ। भदौ ३ गते राति हेटौँडाबाट अपहरणमा परेका युवकको भारतीय राज्य बिहारको मोतिहारीबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

हेटौँडा – स्वागतटोलका २३ वर्षीय गोविन्द श्रेष्ठ र सोही ठाउँका २२ वर्षीय पवन रानामगर अपहरणमा परेका थिए। प्रहरीका अनुसार उनीहरुलाई साउन ३ गते राति साढे ९ बजेतिर ३ जना भारतीयले हेटौँडा बसपार्कबाट अपहरण गरेका थिए।

हेटौँडा बसपार्कबाट भारत मोतिहारी पुर्‍याइ बन्धक बनाएर राखिएको थियो। २ जनालाई भारत पुर्‍याइ बन्धक बनाएर अपहरणकारीले ५ लाख भारु फिरौती मागेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।

आफन्तले दिएको सूचनाको आधारमा भारतीय प्रहरी समेतको सहयोगमा २ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।

शनिबार राति १२ बजे उद्धार गरिएका दुवै युवकलाई हेटौँडा ल्याएर आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।

अपहरणमा संलग्न व्यक्ति भने फरार छन्। प्रहरीले उनीहरुको खोजी भइरहेको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]