०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १०, २०७७

सप्तरी – सप्तरीका अधिकारकर्मीहरुले घरदेखि कार्य क्षेत्रसम्म महिलामाथि हुने हिंसा अन्त्यका लागि सबै मिलेर काम गर्नु पर्ने बताएका छन् ।
‘‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’’ नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आरम्भ गर्दै मङ्सिर १० गते राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मीहरुले हिंसाको अन्त्यका लागि सबैभन्दा पहिला घर–घरबाट पाइला चाल्नु पर्ने बताए ।सप्तरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेकका सदस्य बैद्यनाथ झा, इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेल, उच्च अदालत बार इकाईका अध्यक्ष रमानन्द साह, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, एकल महिला समूहकी अध्यक्ष अनीता देवकोटा, साहित्यकार करुणा झा, प्रादेशिक कानुनी सहायता समितिकी किरण साह, जिल्ला कानुनी सहायता समितिका रामप्रसाद गौतम, सप्तरी युथका बिष्णु यादव, हुर्क नेपालका अध्यक्ष पार्थो सरकारलगायतले महिलामाथि हुने मानवताविरोधी हिंसा मेलमिलापमार्फत मिलाउने कार्य अन्त्यका लागि सरकारले ल्याएको नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला बार एकाईको सभाकक्षमा भएको कार्यक्रममा राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवाल, उपाध्यक्ष मीना साह, नगर बाल सञ्जालकी अध्यक्ष अनीषा ठाकुर, मैथिली महिला परिषदकी प्रतिमा देव, इन्टरनेशनल एलर्टका सरोज भुषाल, समग्र जनउत्थान केन्द्रका रामभरोसी गुप्ता, कृष्णकुमार साह, सुष्मा गुप्ता, महिला मानवअधिकार रक्षक सञ्जालकी मनु खनाल, गीता पाण्डे, साधना कर्ण, पत्रकार ललीता साह, अधिवक्ता मीना देव, पार्वती जोशीलगायतले मन्तव्य राख्नु भयो ।
अन्तरक्रिया पश्चात बसेको बैठकले इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेलको संयोजकत्वमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समिति गठन गरेको छ । समितिको सहसंयोजकमा एकल महिला समूहकी अध्यक्ष अनीता देवकोटा र सचिवमा हुर्क नेपालका अध्यक्ष पार्थो सरकार चयन हुनु भएको छ ।
वैठकले लैङ्गिक हिंसाविरुद्ध १६ दिनसम्म पीडितलाई सहयोग, कानुनी शिक्षा, र्यालि, अन्तरक्रिया, सम्वाद, बालविवाह विरुद्ध अन्तरपुस्ता सम्वाद, बक्तृत्वकला, चित्रकला, कविता प्रतियोगिता, फलफूल वितरण, सरसफाई, पीडितलाई हौसला प्रदानलगायतका कार्यक्रम तय गरेको छ ।
जसअनुसार मङ्सिर ११ गते राजविराजस्थित गजेन्द्र चोकमा मैनबत्ती प्रज्वलन कार्यक्रम राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]