जनकपुरधाम – लागुऔषध गाँजासहित एक जनालाई २ नम्बर प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका १९ का ३५ वर्षीय बीरबहादुर बलोन छन् । जनकपुरधाम ४ मुरली चोकबाट बा. ५ च. १४० नम्बरको पिकअप भ्यानमा गाँजा बोकेको बलोनलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको छ । भ्यानमा पानी राख्ने प्लाष्टिकको ट्याङ्कीमा १० पोका गाँजा राखेको थियो । बरामद गाँजा एक क्विनटल रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बलोनसँगै गाँजा र भ्यानलाई प्रदेश प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई बुझाएको बुझिएको छ । गाँजा कहाँबाट ल्याएको विषयमा केहि खुल्न सकेका छैन ।
यद्दपी हेटौंडाबाटै ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । उनीमाथि आवश्यक अनुसन्धान र कारबाही अगाडी बढाएको प्रहरीको भनाई छ ।