विराटनगर – प्रतिबन्धित औषधि ओसारपसारमा संलग्न दुई जना मोरङको मिक्लाजुङबाट पक्राउ परेका छन्।
मिक्लाजुङ गाउँपालिका–४ का २१ वर्षीय विदुर राई र उर्लाबारी नगरपालिका–३ का २२ वर्षीय विक्रान्त अधिकारीलाई सोमबारसाँझ पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए।उनका अनुसार इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले दुवै जनालाई मिक्लाजुङ–३ स्थित सुन्दरी चोकबाट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल दुई हजार आठ सय ८२ ट्याब्लेट र स्पासपेन दुई हजार नौ सय २० ट्याब्लेट बरामद भएको छ। दुवै औषधिलाई नेपालमा प्रयोग, किनबेच एवं ओसारपसारमा प्रतिबन्ध लगाइएको छ। पक्राउ परेकाहरुविरुद्ध कानुनी कारबाही अघि बढाउन अनुसन्धान थालिएको राईले बताए।