३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ०१, २०७८

मकवानपुर – पछिल्लो ३ महिनामा मकवानपुर प्रहरीले १ हजार १ सय ३२ केजी गाँजा बरामदसँगै ६४ जनालाई पक्राउ गरेको छ ।

४ करोड रुपैयाँ बराबरको सवारी साधन पनि नियन्त्रणमा लिँदा लागुऔषध बजारको मूल्यमा ३४ लाख रुपैयाँ बराबरको गाँजा बरामद भएको छ ।मकवानपुर प्रहरीले गाँजा ओसारपसारमा संलग्न भरिया, सहयोगी, कारोबारीसँगै ८ वटा ट्रक, ३ वटा बोलेरो र स्करपियो कार, ६ वटा मोटरसाइकल, एउटा अटोसहित करिब ४ करोड रुपैयाँ बराबरको सवारी साधन नियन्त्रणमा लिएको छ ।पश्चिम मकवानपुरको विभिन्न गाउँपालिकामा अघिल्लो वर्ष उत्पादन भएको गाँजा भारतीय सहरमा निर्यातमा कडाइपछि ठूलो मात्रामा कारोबारी पक्राउ परेका हुन् । गाँजा पर्सा जिल्ला तथा भारतीय बजारमा चोरीनिकासी भइरहेको सूचनापछि प्रहरी सक्रियता बढेको हो ।

गाउँमा गाँजा २ हजारदेखि ३ हजार रुपैयाँ प्रतिकिलो कारोबार भइरहेको पाइएको छ । यही गाँजा बारा, पर्सा, मकवानपुरका व्यापारीले भारतीय सहरमा लगेर प्रतिकेजी २५ हजार रुपैयाँसम्ममा किनबेच गरिरहेका छन् ।एक किलो गाँजा भारतसम्म निकासी गर्दा ३ हजार ५ सय रुपैयाँ भाडा आउने लोभले सवारी साधनहरु गाँजा ओसारपसारमा प्रयोग भइरहेका छन् । गाँजा बरामदमा प्रहरी सक्रियता बढे पनि खास गाँजाका कारोबारी भने उम्किएका छन् । भरिया, सहयोगी र सवारी चालकहरु मात्र पक्राउ परिरहेका छन्, किन त ?प्रहरीको सक्रियताले गाँजा बरामद बढ्दा गाउँका किसान भने आर्थिक मारमा परेका छन् ।

व्यापारीहरुले उधारोमा गाँजा लैजाने र कहिले जंगलमा लुटिने त कहिले प्रहरीले बरामद गरिदिँदा किसानले गाँजाको बाँकी मूल्य नपाउने पीडा छ । त्यति मात्र होइन, गाँजा कारोबारमा व्यापारीहरु उम्किँदा सर्वसाधारण पक्राउपछि जेल पर्दा कयौँको परिवार बिचल्लीमा परेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]