०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, साउन ३०, २०७८

सुनसरी – सुनसरीको इटहरीमा केही सातायता कोरोना संक्रमितसंगै सिजनल इन्फेक्सन अर्थात् मौसमी रुघा, खोकीको विरामी पनि बढेका छन् । कोरोना भाइरसको सँग मिल्दो जुल्दो लक्षण भएका सिजनल इन्फेक्सनका छुट्याउन कठिन भएको छ ।

बर्खायाम सुरु भए सँगै सिजनल इन्फेक्सनको समस्या बढेको हो । अर्थात् मौसमी रुघा, खोकीको समस्या देखा पर्छ । कोरोना भाइरसको महामारीका कारण कुन कोरोना भाइरसको लक्ष्यण हो र कुन सिजनल इन्फेक्सनको हो भनेर छुट्याउन कठिन भएको छ ।यी दुवैको लक्षण सामान्यतया उस्तै हुन्छ । सुनसरीको इटहरीमा केही सातायता कोरोना संक्रमित संगै सिजनल इन्फेक्सनका विरामी पनि बढेका छन् ।

इटहरीका सरकारी तथा संस्थागत अस्पतालमा पनि भाइराल ज्वोरोका विरामी बढेका छन् । यस्तै कोरोना परीक्षण गराउनेको संख्या पनि बढेको छ । कोरोना र सिजनल इन्फेक्सनको बीचको फरक रोगको समयवधिबाट छुट्याउन सकिने चिकित्सकले बताएका छन् ।कोरोना भाइरसले मानिसका २ दिनदेखि दूई साता भित्रमा प्रभाव देखाउँछ भने सामान्य सिजनल इन्फेक्सनले एक सातासम्ममा प्रभाव देखाउने इटहरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.निशान शर्मा बन्जाराले जानकारी दिए ।

त्यसैगरी केही दिनयता कोरोना संक्रमित आनुपातिक रुपमा घटे पनि शून्य भने हुन नसकेको इटहरी आइसोलेसनका ईन्चार्ज शिवकुमार झाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]