फाईल फोटो
संखुवासभाको सदरमुकाम खाँदबारीबाट लागूऔषध अफिमसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईं रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।शुक्रवार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागाईंलाई उनकै घरबाट अफिमसहित पक्राउ गरेको सुवेदीले बताए ।
प्रहरी टोलीले चापागाईंको घरमा लुकाएर राखिएको २०४ ग्राम अफिम फेला पारेको छ ।