२६ माघ २०८१, शनिबार
wait Please...

शुभ नारायण यादव

बिहिबार, साउन २८, २०७८

भारतीय नागरिकलाई किर्ते गरि नागरिकता दिएको आरोपमा पक्राउ परेका ज्वाई–ससुरा सहित तिन जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।

सप्तरी जिल्ला अदालतमा मुद्दाको सम्पुर्ण अनुसन्धान पश्चात सक्कलै मिसिल कागजातहरु पेश गरेका कागजको आधारमा पक्राउ परेका प्रतिवादीहरु मध्ये ३ जना देवन यादव, शिवनन्दन यादव र संजिव कुमार यादवलाई पुर्पक्षको लागी राजविराजस्थित कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफलेले जानकारी दिनुभयाे। जिल्ला प्रहरी कार्यालयले दिएको जनकारी अनुसार सप्तरीको राजबिराज नगरपालिका वडा नं.१५ बस्ने देवन यादवले आफ्नो ज्वाई भारतिय नागरिक शिवनन्दन यादवलाई आफ्नो छोरा बनाई नागरिकता दिन लागिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

लिखत सम्बन्धी कसुर मुद्दाको अनुसन्धाको सिलसिलामा जिल्ला सप्तरी राजबिराज नगरपालिका वडा नं.१५ बस्ने देवन यादव ससुरा र , किर्ते कागजात तयार गर्ने संजिव कुमार यादव र भारतिय नागरिक शिवनन्दन यादव ( ज्वाई ) र सुरेश कुमार यादव समेत ४ जनालाई प्रहरीले पक्राउ गरेका थिए । यता संजिव कुमार यादव संग मिलेमतो गरी राजबिराज नगरपालिका वडा न.१५ को वडा अध्यक्षको हस्ताक्षर, वडा कार्यालयको छाप, लेटर प्याड समेत किर्ते खडा गरी कागजातहरु तयार गरी नेपाली नागरिकता बनाउन भनी जिल्ला प्रशासन कार्यालय सप्तरीमा गएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।

पछिल्लोपटक सप्तरीमा भारतीयहरुले नागरिकता लिनेहरु बढेकाले यसलाई नियन्त्रण गर्नुपर्ने माग स्थानीय सराेकारबालाहरुले गरेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]