२३ माघ २०८२, बिहिबार
wait Please...

शुभ नारायण यादव

मंगलबार, साउन २६, २०७८

सप्तरी – सुनसरीमा कारमा राखेर ब्राउन सुगर तस्करी गर्ने सप्तरीका पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी इनरुवा नगरपालिका वडा न.–४ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने इनरुवा बसपार्कबाट प्रहरीले सप्तरीका पाँच युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीकाे हनुमाननगर कङ्कालिनी नगरपालिका वडा न.–१४ रम्पुरा मल्हनियाका २० वर्षीय अमोद कुमार यादव, तिलाठी कोइलाडि गाउपालिका वडा न.४ का २० वर्षीय ईनर कुमार मुखिया, हनुमाननगर कङकालिनि नगरपालिका वडा न.–१४ रम्पुरा मल्हनियाका २४ वर्षीय विनोद कुमार कामत, तिलाठी कोइलाडि गाउपालिका वडा न.–४ का १९ वर्षीय रमेश मुखिया र कार चालक साेहि वडाका २२ वर्षीय फूल कुमार मुखिया रहेका छन् । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट खटिएको प्रहरी टोलीले कारमा सवार पाँच जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पश्चिमबाट आउँदै गरेको बा.१४च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार पाँच जनालाई चेकजाँच गर्दा अमोदकुमार यादवको साथबाट १३० ग्राम ब्राउन सुगर फेला परेको थियो । यता ब्राउन सुगर फेला परेपछि थप अनुसन्धानको लागि कारसहित पाँचै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]