०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १०, २०७७

सप्तरी – विराटनगरमा पछिल्लो २४ घण्टामा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

नोबेल मेडिकल कलेज विराटनगरमा तीन र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको हो ।नोबेल मेडिकल कलेजका ब्यवस्थापक नारायण दाहालका अनुसार धनकुटा नगरपालिका–४ धनकुटाका ८२ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको छ ।

कोरोना पोजेटिभ देखिएपछि उनलाई ८ मंसिरमा अस्पताल भर्ना गरिएको थियो ।त्यस्तै सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषको मंगलबार राति ११:४० बजेतिर ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको थियो ।सुनसरीको धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको पनि मंगलबार राति ९:१५ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि ती महिलालाई मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–६ की ७० वर्षीय वृद्धाको मृत्यु भएको हो । संक्रमण पुष्टि भएपछि कात्तिक २६ गते अस्पताल भर्ना भएकी ती महिलाको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]