२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, साउन २१, २०७८

युवालाई दाम्लोले बाँधेर कुट्ने जाजरकोटका वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।

जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई पक्राउ गरिएको जाजरकोट प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरेर प्रहरीले सदरमुकाम लगेको छ। पीडित सर्ते नेपाली भन्ने नवीन परियारलाई पनि झिकाइएको जाजरकोट प्रहरीले जनाएको छ। वडाध्यक्षले कुटपिट गरेको भिडिओ सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यसैको आधारमा प्रहरीले पक्राउ गरेको हो। सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले १५ गते ती युवालाई कुटपिट गरेका थिए।कुटपिटपछि उनले प्रहरीको रोहबरमा आमाको जिम्मा लगाएको कागजात समेत गराएका थिए।

वडाध्यक्ष नेपालीले ती युवाले जाँडरक्सी खाएर वडा कार्यालयमा आएर ढुंगा प्रहार गरी केही मान्छेलाई घाइते बनाएको र अपशब्द बोलेकाले आफूले ढुंगा खोसेर फालेको दाबी गरेका थिए। तर भिडिओमा उनले निर्घात कुटपिट गरेको देखिन्छ। घटनाको चौतर्फी विरोध भएपछि प्रहरीले कारबाही अगाडि बढाएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]