२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, साउन २०, २०७८

सप्तरी – प्रदेश २ मा प्रहरी हिरासतमै रहस्यमय ढंगले एक दलित युवकको मृत्यु घटनाको साता दिन नवित्दै सप्तरीमा फेरी अर्को दलित युवकको रहस्यमय अवस्थामा शव भेटिएको छ ।

सप्तरीको खडक नगरपालिका वडा न.–३ गरुराहा टाेलमा आज विहान स्थानीय मुक्ति रामको २५ वर्षीय छोरा श्यामसुन्दर राम मृत अवस्थामा भेटिएको हो ।
घरदेखि झण्डै ५० मिटरको दुरीमा नालामा श्यामसुन्दर मृत अवस्थामा भेटिएको छ । हिजो साँझ नै घरबाट निस्किेका श्यामसुन्दर रातभरि नआएको र विहान सडकसँगै रहेको नालामा मृत भेटिएको परिवारजनले बताएका छन ।यता श्यामसुन्दरलाई हत्या गरेर नालामा फालिएको परिवारजनले दावी गरेका छन् ।
परिवारजनले घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन प्रहरीसँग आग्रह गरे । यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव
प्रवक्ता माधव प्रसाद काफ्लेले शव पोष्टमार्टमकालागि पठाइएको र घटनाबारे अनुसन्धान थालिएको बताउनुभयाे ।

‘प्रारम्भिक अनुसन्धानअनुसार श्यामसुन्दर मन्दिर सेवन गरेर नालामा लडेको हुनसक्ने पनि देखियो, यद्यपी पोष्टमार्टम रिर्पोट आएसँगै सोही अनुसार अनुसन्धान अघि बढाउँछौं’, उहाले भन्नुभयाे । मृतक श्यामसुन्दरका पत्नी र अढाइ वर्षीया छोरी छन् । यता मृतक युवककाे शव हाल पाेष्टमाटसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा राखिएको तथा घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]