०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, साउन २०, २०७८
Sorry No Photo is selected hare

विराटनगर – प्रदेश १ मा पछिल्लो एक सातामा कोरोना संक्रमणले ७३ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३२ महिला र ४१ पुरुष छन् ।

पछिल्लो समय यस प्रदेशमा संक्रमितको संख्यामा निरन्तर वृद्धि भएसँगै मृत्यु दर बढेको हो । सोमबार ७ सय ७३ जनामा संक्रमण पुष्टि हुँदा ११ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइतबार ७ सय २५ जनामा संक्रमण हुँदा १७, शनिबार ८ सय ४ जना संक्रमित थपिँदा ६, शुक्रबार १ हजार १ सय ४४ जना संक्रमित थपिँदा १०, बिहीबार १ हजार १ सय ४ जनामा संक्रमण हुँदा ६, बुधबार १ हजार १८० संक्रमित थपिँदा १४ र मंगलबार १ हजार २ सय ७० संक्रमित थपिँदा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।प्रदेशमा हालसम्ममा संक्रमणले ५ सय १५ महिला र १ हजार ९८ पुरुष गरी कुल १ हजार ६ सय १३ संक्रमितको मृत्यु भइसकेको छ । जसमा प्रदेश १ का १ हजार ४ सय ६५ र प्रदेश बाहिरका १ सय ४८ जना रहेको मन्त्रालयका प्रवक्ता सदानन्द भट्टराईले बताए । यो प्रदेशमा हाल ७ हजार ४ सय २९ जना सक्रिय संक्रमित रहेको उनले बताए । हालसम्ममा ८५ हजार ६ सय ७८ जनामा कोरोना संक्रमण भइसकेको उनले सुनाए ।

कोसी अस्पतालका डा. रोशन खड्काले अहिलेको कोरोनाको भेरिएन्ट कडा भएकाले सामान्य अवस्थाका र युवाको समेत मृत्यु भइरहेको बताए । उनले कोरोना नेगेटिभ आइसक्दा पनि अक्सिजन लेभल घट्नेजस्ता समस्या आउने गरेको बताए । ‘अहिलेको कोरोनाको भेरिएन्ट कडा भएकाले त्यसबाट सबैलाई जोगिनुको विकल्प छैन,’ डा. खड्काले भने, ‘संक्रमितको मृत्यु दर घटाउनका लागि सबभन्दा भरपर्दो माध्यम भनेको कोरोनाविरुद्धको खोप नै हो ।’ खोप लगाएका व्यक्तिहरू संक्रमित भए पनि जोखिम कम हुने गरेको उनले सुनाए ।यसका साथै तेस्रो भेरिएन्ट आउन नदिन सक्दो चौतर्फी कडाइ गर्नुको विकल्प नभएको डा. खड्काको भनाइ थियो । उनले अहिले नै यति धेरै मानिसको मृत्यु भइरहेकाले तेस्रो भेरिएन्ट आउँदा हाम्रो संरचनाले सम्हाल्ने अवस्था नरहने सबैले बुझ्नु आवश्यक रहेको बताए । प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले उपचारको पर्याप्त व्यवस्था हुँदा पनि पछिल्लो समय कोरोना संक्रमितको मृत्यु दर बढ्दै गएको स्विकारे । ‘अहिलेका कोरोनाका भेरिएन्ट कडा भएकाले उपचारको पर्याप्त व्यवस्था हुँदाहुँदै पनि संक्रमितको मृत्यु हुने क्रम बढेको हो,’ उनले भने, ‘संक्रमित बिरामीलाई समयमा अस्पताल भर्ना गर्न ढिलाइ गरेकाले पनि संक्रमितको मृत्यु हुने गरेको छ ।’

सामाजिक विकासमन्त्री उषाकला राईले कोरोना संक्रमितलाई उपचारको पर्याप्त व्यवस्था गरेर मृत्यु हुनबाट जोगाउने उपाय अपनाउँदै आएको बताइन् । उनले अहिले कोरोना संक्रमणले भइरहेको मृत्यु दर न्यूनीकरणका लागि संक्रमित बिरामीलाई समयमै अस्पताल भर्ना गर्ने, अस्पतालमा उपचारमा कुनै किसिमको लापरबाही हुन नदिन अनुगमनलाई कडाइ गर्ने व्यवस्था गरेको बताइन् । मन्त्री राईले कोरोनाविरुद्धको खोपका लागि निरन्तर पहल गरिरहेकाले चाँडै खोपको समस्या समाधान हुने विश्वास व्यक्त गरिन् । उनले प्रदेशमा आइसकेका खोप धमाधम लक्षित वर्गलाई लगाउने काम गरिरहेको बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]