०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १०, २०७७

सप्तरी – जिल्लाको पश्चिम ढोरपाटनमा एकै स्थानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आधा घण्टाको फरकमा भएका दुर्घटनामा ट्याक्सी चालकको मृत्यु भएको हो ।

बडिगाड गाउँपालिकाको भिमगिठेदेखि ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध १ ज ५४२ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका वडा नम्बर २ खल्टुबोटमा मंगलबार राति साढे ९ बजे दुर्घटना भएको थियो । दुर्घटनामा बडिगाड गाउँपालिका ६ का २८ वर्षीय चालक नहकुल केसीको मृत्यु भएको हो । ट्याक्सी सडकदेखि करिब २ सय मिटर तल बडिगाड खोलामा खसेको थियो । चालकको शव बुधबार बिहान दुर्घटनास्थल भन्दा दुई किलोमिटर तल बडिगाड गाउँपालिका वडा नम्बर ६ को घोपरमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

सोही स्थान नजिकै राति १० बजे लु २ ज ९१९९ नम्बरको जीप पनि दुर्घटना भएको छ । जीप सडकदेखि १ सय ५० मिटर तल खसेको प्रहरीले बताएको छ । जीपका चालक बडिगाड गाउँपालिका ९ का २२ वर्षीय किरण केसी भने सकुशल छन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । दुर्घटना भएका गाडीका दुवै चालकले सँगै खाना खाएर गन्तव्य तर्फ लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी रेग्मीले बताए ।

‘दुर्घटना भवितव्य हो या अरु कारण भएको भन्नेबारे अनुसन्धान जारी छ’, रेग्मीले भने, ‘जिल्लाबाट थप अनुसन्धानका लागि प्रहरी निरीक्षक विजय भण्डारीको नेतृत्वमा टोली घटनास्थल पठाइएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]