धनुषाको एक विद्यालयबाट ढोका तोडेर दुईवटा ल्यापटपसहित ३२ वटा कम्प्युटर चोरी भएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका २ भूचक्रपुर स्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको ढोका तोडेर सोमबार राति ३२ वटा कम्प्युटर चोरी भएको हो ।विद्यालयका प्रधानाध्यापक राउतले विभिन्न संघसंस्थाले विद्यार्थीलाई अध्ययनको लागि दिएको दुईवटा ल्यापटपसहित ३२ वटा कम्प्युटर, एक एक वटा प्रिन्टर र प्रोजेक्टर कम्प्युटर कक्षाकोठाको ढोका तोडेर चोरी भएको टुडेपाटीलाई जानारी दिए ।
बिहान १० बजे शिक्षकहरु पुगेपछि कम्प्युटर चारीको घटना बारे थाहमा भएको प्रअ राउतले बताए ।घटनास्थलमा इलका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलि पुगेर घटाको अनुसन्धन थालेका छन् ।आफन्त नेपालले दुईवर्ष अघि विद्यार्थीको अध्ययनको लागि पहिलोपटक १६ वटा कम्प्युटर प्रदान गरेको थियो । त्यसै गरी अन्य दुईवटा संघसंस्थले १६ वटा कम्प्युटर विद्यालयलाई उपलब्ध गराएको थियो । प्रअ राउतका अनुसार कक्षा ६,७ र ८ का विद्यार्थीहरुले कम्प्युटर सिकाउने गरिएको थियो ।
सो विद्यालयबाट बेलाबेला खानेपानीको लागि जडान गरिएको मोटर, फर्निचर लगायतको सरसमान चोरी हुने गरेको छ । केहि गाउँसमाजकै व्यक्ति विद्यालयलाई धारासायी बनाउन यस्तो क्रियाकलापन गराउने गरेको स्थानीयबासिन्दाको भनाइ छ ।