सप्तरी -चलचित्र ‘कोहलपुर एक्सप्रेस’पछि नायिका केकी अधिकारीले नयाँ चलचित्र निर्माण गर्ने पक्का भएको छ ।
वि.सं २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’लाई केकीले चलचित्रमा उतार्ने तयारी गरेकी हुन् । यो नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेकी हुन् । सरिता गिरीले नाटकमा एकल अभिनय गरेकी थिइन् ।
सुलक्षण भारतीको लेखनमा निर्माण हुन लागेको ‘बोक्सीको घर’ नामक चलचित्रलाई सुव्रतराज आचार्य र सुलक्षणले संयुक्त रुपमा निर्देशन गर्ने तयारी गरेका छन् । केकी अधिकारी फिल्मस्ले निर्माण गर्ने चलचित्रमा नायक गौरव पहारी र नायिका केकी अधिकारीको मुख्य भूमिका रहनेछ ।