२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, साउन १८, २०७८

काठमाडौं – मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा बारपाक सुलिकोट गाउँपालिका-३ स्थायी ठेगाना भई हाल चन्द्रागिरी नगरपालिका-६ बस्ने २४ वर्षीया प्रिती आलेमगर र झापाको गौरादह नगरपालिका-५ स्थायी ठेगाना भई हाल नागार्जुन नगरपालिका-४ बाफल एरियामा डेरा गरी बस्ने ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योतीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए।उनीहरुले एक महिलालाई परपुरुषहरुसँग शारीरिक सम्पर्क राखे पैसा दिन्छु भन्दै ललाई फकाई जबरजस्ती डर त्रासमा पारी १ महिनासम्म बेश्यावृत्तिमा लगाएका थिए। पछि उनीहरुबीच झगडा हुँदा कोठामा थुनी राखेको अवस्थामा भागेर पीडित महिला उजुरी गर्न पुगेकी थिइन्।

प्रवक्ता द्विवेदीका अनुसार काठमाण्डौ जिल्ला अदालतको मिति साउन १७ गतेको आदेशले पक्राउ प्रतिवादीहरु पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको उनले बताए। प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]