फाईल फोटो
जोमसोम – बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मुस्ताङमा दुई युवक पक्राउ परेका छन् ।
घरपझोङ-२ मार्फाका १९ वर्षीय सौगात गोतामे र पूर्वी रुकुम पुथा उत्तरगंगा-१ घर भइ घरपझोङ-५ ढुम्बा बस्ने २१ वर्षीय अमित पुनमगर करणीको आरोपमा पक्राउ परेका हुन् ।मुस्ताङको थासाङ गाउँपालिकास्थित गत बिहीबार उनीहरुले १६ र १७ वर्षीया दुई बालिकालाई जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । जबर्जस्ती करणीको आरोपी अमित पुनमगरलाई थासाङ-४ घासा र अर्को आरोपी सौगात गोतामेलाई घरपझोङ-२ मार्फाबाट पक्राउ गरेको प्रहरी निरीक्षक आशिष अधिकारीले बताए ।
घटनाको सूचनाका आधारमा प्रहरीले आरोपी दुई युवालाई पक्राउ गरी जिल्ला अदालत मुस्ताङमा पेस गरेको छ । प्रहरीले अदालतबाट १५ दिने म्याद राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।