३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, साउन १४, २०७८

वीरगञ्ज – झुठो विवरण पेश गरी नागरिकता बनाउने एक युवतीसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भई हाल पर्साको बहुदरमाई नगरपालिका २ बस्ने २८ वर्षीय कविता कुमारी भनिने सीता पटेल र नागरिकता बनाउँदा नक्कली बुवा बनेर सनाखत गर्ने बहुदरमाई नगरपालिका २ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल रहेका छन् । पक्राउ परेकी भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नामबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट झुट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रहरीले जनाएको छ । प्राप्त सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका १३ श्रीपुरबाट पटेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७० पुस ११ गते जारी भएको ना. प्र. नं. ३४–०१–७०–१०३५२ को नेपाली नागरिकता उनको साथबाट जफत गरिएको पनि प्रहरीले जनाएको छ ।

उक्त नागरिकता बनाउन बुवा बनेर सनाखत गरेको आरोपमा धुरुपलाई पनि सोही स्थानबाट नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । पक्राउ परेका दुवैजनालाई नागरिकता सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको खनालले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]