सप्तरी – सप्तरीको खडक नगरपालिका वडा न.७ स्थित कल्याणपुर प्रहरीले लाखौंको अवैध चल्ला बरामद गरेकाे छ ।
भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउदै गरेकाे अवस्थामा सप्तरी प्रहरीले २४०० सय वटा चल्ला बरामद गरेकाे इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक उमा शंकर प्रसाद शाहले जानकारी दिनुभयाे ।
प्रहरी निरीक्षक शाहका अनुसार इलाका प्रहरी कार्यालय कल्याणपुरकाे टाेलिले भारतबाट अबेध रुपमा चाेरि तस्करी गरि नेपालतर्फ ल्याउदे गरेकाे अवस्थामा साे चल्ला बरामद गरेकाे जानकारी दिनुभयाे ।प्रहरीकाे टाेलिले कल्याणपुर बाट साे अवैध चल्ला बरामद गरेकाे तथा बरामद गरेका चल्लालाई स्थानीय ,वडा नम्बर ७ का वडा अध्यक्ष राकेश कुमार शाह ,पशु कोइरेनटाइन कार्यालय मोरंगका सहरिलाल चौधरी को उपस्थितिमा नस्ठ गरिएको प्रहरीले जनाएको छ ।