०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, साउन १२, २०७८

सप्तरी – नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले मंगलबार राजविराज नगरपालिका कार्यालयको १६ लाख महसुल तिर्न बाँकी रहेको भन्दै विद्युत सप्लाई काटेको छ ।

लामो समयदेखी विद्युत महसुल नतिरेका उपभोक्ताहरुको धामाधम लाइन काटिरहेको बेला प्राधिकरणले राजविराज नगरपालिकाको जरिवाना बाहेक १६ लाख रुँपैया बाँकी रहेको भन्दै विद्युत सप्लाई काटेको बिधुत प्राधिकरणका एक कर्मचारीले के छ खबर सम्बादाता लाई बताए । पटक पटक ताकेता र पत्राचार गर्दा पनि वेवास्ता गरेकाले नगरपालिका कार्यालयको बिद्युत आपूर्ती बन्द गरिएको बितरण केन्द्र राजविराजका प्रमुख आमोद प्रसाद यादवले जानकारी दिएका छन् ।

“वक्यौता महसुल नबुझाएसम्म लाइन जोडिदैन् ।” उनले भने, “दुई दिनअघि पनि वक्यौता बुझाउन पत्राचार गर्नुका साथै प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलमा समेत जानकारी गराउँदा पनि नगरपालिकाले वेवास्ता गर्‍यो ।”

यता राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाले प्राधिकरणद्वारा बिद्युत सेवा प्रदानका लागि नगर क्षेत्रमा गाडिएका विद्युतीय पोल वापतको भाडा नगरपालिकाले नलिएको र प्राधिकरणले पनि विद्युत महसुल नलिने भन्ने विषयमा नगरपालिकाको तर्फबाट पहल भइरहेका बेला एक्कासी लाइन काटिनु उचित नभएको बताए ।

“प्राधिकरणले विद्युत उपभोग गरेवापत शुल्क लिए हामी पनि नगर क्षेत्रमा गाडिएका विद्युतीय पोलवापतको भाडा लिन बाध्य हुनेछौं” उनले भने “नगरपालिका स्थापना भएदेखी नै विद्युत महसुल नबुझाएको आफूलाई जानकारी प्राप्त भएको र यसको समाधानका लागि नगर प्रमुख सँग छलफल गरि आवश्यक निर्णय लिने छौं ।”

लाइन काटिएपछि नगरपालिका कार्यालयबाट विद्युतीय प्रयोगबाट संचालन हुने सबै सेवा ठप्प भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]