२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, साउन ०६, २०७८

नवलपरासी – भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको करिब २ लाख ७५ हजार ८ सय मुल्य बराबरको लत्ताकपडासहित विभिन्न समान र वोईलर कुखुरा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका अनुसार प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले मंगलबार भारतबाट भन्सार छलि अवैध रुपमा ल्याउदै गरेको करिब १ लाख १९ हजार मुल्य बराबरको थान कपडा, लेडिज कुर्ता सुरुवाल, लेगिज, पर्दा लगायतका कपडा पाल्हिनन्दन गाउंपालिका वडा नम्बर २ भक्सिपुरबाट बरामद गरेको हो । वरामद भएका सम्पुर्ण मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा ५ वटा मोटरसाईकलमा राखि ल्याउदै गरेको ३सय ९२ जिउ वोईलर कुखुरा रामग्राम नगरपालिका वडा १८ बंजरियाबाट वरामद गरेको जनाएको छ ।

बरामद भएको कुखुराको मुल्य करिब १ लाख ५६ हजार ८ सय बराबर रहेको छ । वरामद भएको कुखुरा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय महेशपुर बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]