सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिकाले पछिल्लो समयमा च्याउखेतीबाट मनग्य आम्दानी हुने भएपछि यसतर्फ कृषकहरुको आकर्षणबढ्दै गएपछि ५० प्रतिशत अनुदानमा च्याउको वीउ वितरण गर्ने गरेको छ छ ।
कञ्चनरुप नगरपालिकाले नगर भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्याउको वीउ वितरण गरिरहेको छ ।
कृषि विकास शाखा कञ्चनपुरले च्याउ खेती गर्न इच्छुक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा प्रत्यक्ष रुपमा च्याउको वीउ वितरण गरिएको हो ।नगरपालिका भित्र रहेका १२ वटै वडाका स्थानिय कृषक, कृषि फर्म तथा समुहलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरिरहेको र कञ्चनरुप नगरपालिका कृषि विकास शाखाले किसानहरुको समस्यालाई सहजरुपमा हल गर्नुका साथै बेलाबेलामा किसानहरुले लगाएको खेतीहरुमा गई सल्लाह सुझाव समेत दिनेगरेको कृषि विकास शाखाका वेचन सढोक यादवले बताउनु भयो ।निर्वाहमुखी कृषि खेति गर्दै आइरहेका कृषकहरुलाई व्यवसायिक कृषक बनाउनको लागि अनुदानमा च्याउको बीउ वितरण गर्न लागिएको कञ्चनरुप नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले बताउँनु भयो । उहाँका अनुसार च्याउ खेती नै गर्ने हो भने पनि लक्षित परिवारले छोटो समयमै कम लगानीमा बढी आम्दानी गर्न सक्छन् ।
च्याउखेती गरिरहेका कृषकहरुलाई बीउ वितरणमा विशेष प्राथमिकता दिइरहेको र उन्नत प्रविधिको प्रयोग गरी च्याउखेती गर्नका लागि नगरपालिकाले कृषकलाई निकट भविष्यमा च्याउखेती बारे तालिम सन्चालन गर्ने तयारीमा रहेको अधिकृत खडकाले जानकारी दिनुभयो ।
यस्तै कृषि पेशा अंगाल्दै आएका कञ्चनरुप १२ रुपनगरका कृषक पुष्प कार्कीले एक सिजनमा करिव ५० हजार रुपैया लगानी गरेकोमा त्यसबाट १ लाख सम्मको आम्दानी भएको बताउँनुभयो । आफूले लगानी गरेर फर्म सञ्चालन गर्नाले अरुलाई समेत जोजगारी मिलेको र समाजलाई समेत फाइदा भएको कार्कीले बताउँनुभयो ।
अन्य तरकारी खेतीको तुलनामा च्याउ खेती कम लगानीमा बढी उत्पादन हुने गरेको उहाँको अनुभव छ ।यस अघि पनि कञ्चनरुप नगरपालिकाले मौसमी तथा वेमौसमी तरकारी फलफूल, धान मकै लगायत अन्य प्रकारका विउ विजनहरु वितरण गर्दे आएको छ