२३ मंसिर २०८२, सोमबार
wait Please...

शुभ नारायण यादव

सोमबार, साउन ०४, २०७८

सप्तरी – सप्तरीको खडक नगरपालिका वडा न.–९ लालपट्टी टाेलमा दुई पक्षबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको घटनामा संलग्न पाँच जना अाराेपितलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खडक नगरपालिका वडा न.–९ लालपट्टी टाेलका ३२ वर्षीय नजबुल मियाँ, ५५ वर्षीय मो.वालिस भनिने मो.कालिस मियाँ, ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय मो.ईजराईल मियाँ र ३२ वर्षीय मो.जाकिर रहेका छन् ।वैदेशिक रोजगारमा राम्रो काम नपाएको भन्दै परिवारजन र एजेन्ट पक्षबीच गत असार २४ गते कुटाकुट भएको थियो । सप्तरीको राजविराज नगरपालिका वडा न.–९ जगदरीका एजेन्ट मो.सनाउल मामाघर लालपट्टी पुगेका थिए । सोही क्रममा छोरालाई वैदेशिक रोजगारमा पठाए पनि राम्रो काम नपाएको भन्दै आरोपीहरु एजेन्ट सनाउलसँग विवाद भएको थियो ।

विवादकै क्रममा दुवै पक्षबीच कुटाकुट नै सुरु भएपछि नातीलाई बचाउन पुगेका सनाउलका नाना ७० वर्षीय मो.दाउन मियाँलाई चोट लागेर घाइते भएका थिए । उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएकोमा सोही क्रममा उनको मृत्यु भएको थियो ।यसेबिच घटनापछि फरार रहेका आरोपीमहरुलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरिक्षक उमाशंकर प्रसाद शाह, ईलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरिक्षक बिरेन्द्र पासवान र ईलाका प्रहरी कार्यालय भेडियाबाट प्रहरी नायब निरिक्षक सागीर राईन नेतृत्वको टोलीले बोदेबर्साईन नगरपालिका वडा न. –९ स्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिटिपी बसिरहेको अवस्थामा आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे ।

घटनामा संलग्न भनिएका अन्य केही व्यक्तिको खोजी कार्य भइरहेको छ भने यता पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]