२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, साउन ०४, २०७८

वीरगन्ज – पर्साको पकाहामैनपुर गाउँपालिकाका–१ का वडाध्यक्ष खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट सादा पोसाकमा खटिएको प्रहरीले आइतबार राति साढे १० बजे वीरगन्ज महानगरपालिका–१९ बर्वास्थित सडक खण्डमा ना१ब ३५९५ नम्बरको मोटरसाइकल जाँच गर्दा ७९ ग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पकाहामैनपुर गाउँपालिका–१ धोरे निवासी ५५ वर्षीय अमेरिका सहनीले चलाएको मोटरसाइकलको फिल्टर बक्सबाट खैरो हिरोइन बरामद भएको हो । ‘वडाध्यक्षले चलाइरहेको मोटरसाइकलबाट ७९ ग्राम खैरो हेरोइन बरामद भएको छ,’ डीएसपी खनालले भने, ‘थप परीक्षणका लागि नमुना प्रयोगशालामा पठाउँछौं, अनुसन्धान जारी छ ।’

गाउँपालिकाको सरकारी नम्बर प्लेटको मोटरसाइकलमा हेरोइन ओसारेका सहनी उक्त गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष हुन् । मोटरसाइकलमा पछाडि बसेका सोही वडाका ५२ वर्षीय रामआदेश सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । वडाध्यक्षकै पछाडि आइरहेका ना६२प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही वडाका ४० वर्षीय बलिस्टर सहनीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जनाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]