२८ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ०९, २०७७

सप्तरी – घरेलु तथा साना उद्योग कार्यालय सप्तरीमा दर्ता रहेका ९ हजार १ सय २७ उद्योग मध्ये १ सय ३६ वटा उद्योग खारेजीमा परेका छन् । छैठौं उद्योग दिवसको अवसर पारेर अाज घरेलु तथा साना उद्योग कार्यालय सप्तरीद्वारा राजविराजमा आयोजित कार्यक्रममा साे कुराकाे जानकारी दिनुभएकाे हो ।

मापदण्ड पूरा नगरेको, बीचमै उद्योग बन्द भएको, बैदेशिक रोजगारीमा हिडेको, उद्योग दर्ता गरि लामो समयमसम्म संचालनमा नल्याएको तथा समयमै नवीकरण नगराएका कारण १ सय ३६ वटा उद्योग खारेजीमा परेका छन । कार्यक्रममा आ.ब. २०७६÷७७ को प्रतिवेदन सार्वजनिक गर्दै उद्योग अधिकृत सन्तोषकुमार साहले उक्त आ.ब.मा महिलाद्वारा संचालित १ सय ५ र पुरुषद्वारा संचालित २ सय ९० गरि कुल ३ सय ९५ उद्योग दर्ता भएको जानकारी दिनु भयो ।नयाँ दर्ता भएका ती उद्योगसहित जम्मा ९ हजार १ सय २७ उद्योग दर्ता भएको र त्यसमध्ये उद्योगतर्फ ७० र बाणिज्यतर्फ ६६ गरी कुल १ सय ३६ उद्योग खारेजीमा परेको उहाँले स्पष्ट पानुृ भयो । सोही अवधीमा नवीकरण, लगत्त कट्टा, पूँजी बृद्धि, ठाउँसारी, निवेदन र अन्य दर्ता लगायतका शुल्क वापत एक करोड १५ लाख ३१ हजार ८ सय ६६ रुपैयाँ राजश्व समेत संकलन गरिएको कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कोरोनाका कारण स्वदेशमा रोजगारीको अभाव तथा विदेशमा रोजगारीका लागि गएका युवाहरु समेत स्वदेश फर्किएपछि बेरोजगारीको समस्या अझै बढेको जानकारी गराएका उद्योग अधिकृत साहले प्रदेश २ सरकार बेरोजगारी समस्या समाधान गर्न हालै दुई वटा महत्वपूर्ण कार्यक्रम मार्फत आवश्यक बजेट समेत छुट्याएकाले यसबाट धेरै हदसम्म बेरोजगारी समस्य न्युनिकरणमा मद्दत पु(याउने विश्वास व्यक्त गनुृ भयो ।कार्यक्रममा सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगि लिलानाथ दाहाललाई कार्य सम्पादनमा प्रशंसनिय भूमिका निर्वाह गरेवापत नगदसहित प्रशंसापत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दास, निर्माण व्यवसायी संघका अध्यक्ष एनेश्वर दास, संचारकर्मी बैजनाथ झालगायगतले शुभकामना दिँदै कोरोनाका कारणले समस्यामा परेका उद्योगि व्यवसायीका साथै प्रभावित सबैलाई राहत महसुस हुने गरी सरकारले आवश्यक कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभएकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]