
सप्तरी – सप्तरीको तिरुहुत गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका कुमारी साहले पत्रकार सम्मेलन बोलाएर उपस्थित नभएको भन्दै पत्रकारहरुले आक्रोश व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आइतबार पत्रकार सम्मेलन बोलाएर प्रमुख प्रशासकीय अधिकृत उपस्थित नभएर बिस्वाश गुमाएको छ ।
साढे दस बजे पत्रकार सम्मेलन बोलाएर प्रमुख प्रशासकीय अधिकृत साह उपस्थित नभएको नेपाल पत्रकार महासंघ सप्तरीका सचिब राम नारायण बिश्वासले बताए । पत्रकार सम्मेलन बोलाएर नआउनु उचित होईन, सचिव बिश्वासले भने, प्रमुख प्रशासकीय अधिकृतको शैली ठिक भएन, यसले अबिश्वास पैदा गरे । पत्रकार सम्मेलनमा पत्रकारहरु प्रमुख प्रशासकीय अधिकृत साहलाई पर्खेर बस्दा ईन्जिनियर खुरसेद ईक्राम र शव–ईन्जिनियर चन्दन यादव आएर हाकिम साव आउँदैन भनेपछि पत्रकारहरु आक्रोश हुँदै हिडेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत साहले गाउँपालिका अध्यक्ष हेमन्त बहडखेरले बजेट फ्रिज गराएको आरोप लगाएपछि पत्रकार सम्मेलन गरि चोखिने प्रयास गरेका थिए । यसअघि तिरुहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहडखेरले पत्रकार सम्मेलन गर्दै प्रमुख प्रशासकीय अधिकृतका कारण २ करोड बजेट फ्रिज गराएको आरोप लगाए थिए ।
यता यस अघि पनि रुपनी गाउँपालिकामा कार्यरत रहेको बेला निक्कै बिबादमा मुछिएकी साहले सरुवा गराएर गएकी थिए ।
प्रमुख प्रशासकीय अधिकृत साहले पत्रकार सम्मेलनमा आउन सक्दिन फोन गरेर माफ गर्नुहोला भनेको सचिव बिश्वासले जानकारी दिए ।