उदयपुर – जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले दिएको जानकारी अनुसार पक्रउ पर्नेमा रौतामाई गाउँपालिका ७ रानीबास बस्ने २८ वर्षीय निर्जल केप्छाक्री मगर रहेका छन् ।
मगरले ती किशोरीलाई गत असार २९ गते जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।