१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ०९, २०७७

सप्तरी – चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ४ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । यस अवधिमा निर्यातको आकडा भने मात्र ४० अर्ब रुपैयाँ रहेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन-कात्तिकसम्म अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा आयातमा केही गिरावट देखिएको छ । निर्यातमा भने सामान्य वृद्धि भएको छ । विभागका अनुसार चार महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।यो गत आवको यसै अवधिको तुलनामा १०.६२ प्रतिशतले कम हो । यस अवधिमा कुल ४० अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १०.८१ प्रतिशतले बढी हो ।
उच्च आयात र न्यून निर्यातका कारण नेपालको व्यापार घाटा समेत उच्च छ । तर, वैदेशिक व्यापारका प्रवृत्तिमा व्यापार घाटा भने केही कम भइरहेको छ । तथ्यांकअनुसार चार महिनामा नेपालको कुल व्यापार घाटा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ बराबरको भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १२.४९ प्रतिशत गिरावट हो ।

सो आवको ४ महिनामा ४ खर्ब १४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा रहेको थियो । ४ महिनाको अवधिमा ४ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँको कुल वैदेशिक व्यापार भएको छ । यस अवधिमा ९.०२ प्रतिशतको गिरावट आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]