२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, साउन ०२, २०७८

विराटनगर – मोरङमा मेसिन गन देखाएर सुनचाँदी पसल लुट्ने प्रयास गरिएको छ । सर्ट मेसिन गन (एसएमजी) राइफल देखाएर लुटपाटको प्रयास गरिएको हो ।

सुन्दरहरैँचा नगरपालिका वडा नम्बर–१०, त्रिवेणीचोकको शिव पाञ्चायन ज्वेलर्समा शुक्रबार दिउँसो तीनजनाको समूह प्रवेश गरेर लुटपाटको प्रयास गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार एकजना भित्र पसेर हतियार देखाएर लुटपाट गर्न खोजेका थिए ।

लगत्तै स्थानीयको भिड जम्मा हुँदा लुटपाटको योजना विफल बनेपछि उनीहरु हतियार देखाउँदै भागेका थिए । प्रहरीले सुन पसलको सीसीटीभी फुटेजको अनुसन्धान भइरहेको र लुटपाटमा संलग्नको पहिचान गर्ने काम सुरु गरिएको जनाएको छ ।

एकजनाले पेस्तोल र अर्को व्यक्तिले एलएमजी हतियार देखाएको पसलका सञ्चालक खगेन्द्र थापालाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले लुटपाट गर्न आएका व्यक्तिहरु नम्बरप्लेट छोपेर मोटरसाइकलमा आएको अनुसन्धानका क्रममा पत्ता लागेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]