०१ फाल्गुण २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, साउन ०२, २०७८

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा लागेका छन्।

अध्यक्ष ठाकुर पक्षका पाँच सांसद शनिबार यादव पक्षको बैठकमा सहभागी भएका छन्। प्रतिनिधि सभाका सांसदहरू अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाज मिकरानीले ठाकुरको साथ छाडेका हुन।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाँदा मन्त्री बन्न नपाएकोमा उनीहरू असन्तुष्ट थिए। सांसद मिकरानीले भने आफू तटस्थ रहेको बताइन्। उनले हिमालखबरसँग भनिन्, “म पार्टी एकताको पक्षमा छु, म तटस्थ छु।”

पाँच सांसद थपिएपछि जसपा संसदीय दलमा उपेन्द्र यादव पक्षको बहुमत पुगेको छ। उनको पक्षमा १८ सांसद पुगेका छन्। जसमध्ये हरिनारायण रौनियर भने निलम्बित छन्।

अध्यक्ष यादव पक्षका एक नेताका अनुसार थप चार सांसद ठाकुर पक्ष छाड्ने भएका छन्। ति नेताले भने, “अझै चार सांसद हाम्रो पक्षमा आउन लागेका छन्।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]