२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, साउन ०२, २०७८

जनकपुरधाम – धनुषाको एउटा स्थानीय तहले कमिसन लिएर योजनाको भुक्तानी गरेको आरोप लागेको छ।

जिल्लाको औरही गाउँपालिकाले उपाध्यक्षको बिना हस्ताक्षर र कमिसन लिएर योजनाको भुक्तानी गरेको आरोप लागेको छ।गत आर्थिक वर्षमा औरही गाउँपालिकामा भएको विभिन्न कामको भुक्तानी उपाध्यक्षको हस्ताक्षरबिना कार्यालयमा नगरेर जनकपुरधाममा एउटा कोठा भाडामा लिएर बन्दकोठाभित्र गरिएको गाउँपालिकाका उपाध्यक्ष मिरादेवी सहनीले आरोप लगाएकी छन्।

उनले कार्यालयमा नभई कमिसन लिएर राति राति जनकपुरधाममा भुक्तानी गरिएको आरोप लगाएकी हुन्।‘१० दिनदेखि अध्यक्ष, प्रशासकीय अधिकृत, प्राविधिकलगायत केही कर्मचारी कार्यालय आउनै छाडेका थिए, पछि कार्यालयमा उनीहरूको कोठा हेर्दा न फाइल थियो, न ल्यापटप’, उपाध्यक्ष सहनीले भनिन्। उनले अनुगमन समितिको संयोजकको हैसियतले कुनै फाइलमा हस्ताक्षरसमेत नगरेको यस सम्बन्धमा अध्यक्षसँग सोध्दा आफूलाई कुनै जानकारी नआएको बताइन्।उपाध्यक्ष सहनीले कमिसनन लिएर बन्द कोठाभित्र भुक्तानी दिने काममा अध्यक्षको संलग्नता रहेको आरोप लगाइन्। कार्यालयको काम कार्यालयमा नगरी कार्यालयका फाइल तथा कागजातहरू जनकपुरधाममै राखेकाले आफूले कार्यालयमा तालाबन्दी गरेको उनले बताइन्।

कार्यालयका फाइल तथा कागजात बाहिर लगेको देखेपछि कार्यालयमा तालाबन्दी गरेपछि आएर कार्यालयको ताला खोल्न अध्यक्षले धम्की दिएको उनले बताइन्।गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादवले भने भुक्तानी प्रक्रियामा अधिकृत र एकाउन्टेनको संलग्नता हुने भएकाले आफूलाई यस विषयमा कुनै जानकारी नरहेको बताए।उनले आफू निरन्तर कार्यालयमा उपस्थित हुँदै आएको दाबीसमेत गरे। यता, प्रशासकीय अधिकृत सुवोध ठाकुरले कतिपय योजनाका भुक्तानी हुन बाँकी रहेको र कार्यालय समय सकिसकेकाले जनकपुरधाममा आएर राति भुक्तानीका काम पूरा गरेको बताए।

उनले प्रत्येक योजनाको अनुगमन भएको र त्यसमा उपाध्यक्षको हस्ताक्षरसमेत रहेको बताए। उनले आफूले कुनै कमिसन नलिएको दाबी गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]