१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ०९, २०७७

सप्तरी – मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकमा गुडिरहेको सिटी सफारीबाट लडेर मंगलबार दिउँसो चालकको मृत्यु भएको छ ।

विराटनगरबाट मिलनचोकतर्फ जाँदै गरेको को २ ह ५४९२ नम्बरको सफारीबाट अचानक लडेर चालक विराटनगर महानगरपालिका–२ का ३५ वर्षीय सुनिल मण्डलको ज्यान गएको हो ।मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लडेका बेला चालक आफैले सफारी चलाइरहेका थिए । उनका अनुसार दिउँसो २ बजेतिर घटना भएका बेला सफारी भने खाली थियो । एक्कासी शरीर भुइँमा ढले पनि उनको खुट्टा सफारीमै अड्किएको थियो । तर सफारी भने सडकमै रोकिएको थियो । घटनापछि स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएका थिए । अचानक भुइँमा ढलेको केही बेरमै चालक मण्डलको मृत्यु भएको स्थानीयले प्रहरीलाई बताउका छन् ।

उनको मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा खुट्टा सफारीमै अड्किएको र शरीर भुइँमा ढलेको अवस्थामा चालकलाई मृत फेला पारिएको एसपी खड्काले बताए । प्रहरीले शव पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याउन खोजे पनि आफन्तले दिएका छैनन् । हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताउँदै आफन्तले शवको पोस्टमार्टम गर्न आवश्यक नरहेको भनेर प्रहरीलाई अवरोध गरेका हुन् । उनीहरुले घटनास्थलबाट सिधै घरमा लगेर शवको दाहसंस्कार गर्ने अडान लिइरहेको प्रहरीले जनाएको छ ।

तर मृत्यु अस्वभाविक रहेका कारण घटनाको अनुसन्धान अघि बढाउनलाई शव पोस्टमार्टमका लागि लैजान आवश्यक रहेको एसपी खड्काले बताए । आफन्तले अवरोध गरेपछि शव अस्पताल लैजानलाई थप मद्धतका लागि प्रहरी टोली परिचालन गरिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]