
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बिहीबार मध्यरातमा लाखौको चोरी भएको छ ।
जलेश्वर नगरपालिका २ टाउन प्लानिंग स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका पुर्व शिक्षक कुल्दिप पाण्डेयको घरमा उक्त चोरी भएको हो ।जेठो छोरा,बुहारी,नाती नातीनीसंगै घरमै सुतेका शिक्षक पाण्डेयको घरको पछाडी पटटीको ढोका फोडी चोर घरमै प्रवेश गरेर कान्छो छोरा कृष्ण कुमार पाण्डेयको कोठामा प्रवेश गरि दराज भित्र रहेका सम्पुर्ण गरगहना र नगद चोरेर मुख्य गेटबाटै भागेको हो । उक्त गरगहना र नगद गरि दश लाख बराबरको चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले चोरको खोजी भैरहेको र चाडै पक्राउ पर्नेमा आश्वस्त पारे । उनले पेशेवर चोरको काम हुन सक्ने भन्दै आफ्नो विशेष युनिट चोरको खोजीमा लगाएको वताए ।
विगत केहि समय पुर्व जलेश्वरमा विभिन्न चोरहरुलाई समातेर मुद्दा चलाएपछि चोरीमा कमि आएपनि यस चोरीले भने प्रहरी अझै सतर्क भएको र यस क्षेत्रमा रहेका चोरहरुका थप गिरोहहरुको खोजीमा तिव्रता ल्याएको उनले बताए ।