सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्।
सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुन भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष मङ्गलवार पदबाट राजीनामा बुझाएको सरकारी समाचार संस्था राससले जनाएको छ। उनी चैत ८ गते नियुक्त भएका थिए।