सिरहा – सिरहाको गोलबजारमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आराेपमा एक पुरुष पक्राउ परेका छन् ।
स्थानीय ४० वर्षीय शर्मा थरका व्यक्तिले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आराेपमा मिर्चैयाबाट आइतबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनलाई हिरासतमा लिइ ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट थप अनुसन्धान भइरहेको बताएको छ ।