अञ्जुको विवाह गएको फागुन २० गते समाजिक परम्परा अनुसार रामवृक्षसंग भएको थियो । विवाहपछि परिवारजनले यस्तो बुहारीले घर नचल्ने कुरा माइत पक्षलाई पटक पटक सुनाएको आरोप छ ।
आइतबार साँझ आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा अञ्जुको शव फेला परेको हो ।धनुषाको बटेश्वर गाउँपालिका वडा २ भूचक्रपुर कहचरीटोल बस्ने रामभरोस महतोकी २० वर्षीया श्रीमती रञ्जु महतोको शंकास्पद मृत्यु भएको हो ।ओछ्यान घरको छनामा अञ्जुको सल बाँधिएको थियो । परिवारजनले रञ्जुले आत्महत्या गरेको बताएको छ ।उनका अनुसार साँझ ७ बजे अञ्जुको शव ओछ्यानमा फेला परेको र घाँटीमा झुण्डेर आत्महत्या गरेको जस्तो डाम देखिएकोले घटना शंकास्पद रहेको छ । पोस्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारको भनाइ छ ।यता माइत पक्षले घरपरिवार मिलेर छोरी अञ्जुको हात्या गरेको दावी गरेको छ ।घटनास्थलको प्रकृतिले रञ्जु आत्महत्या नगरेको र घरपरिवार नै मिलोर घाँटी थिचि हत्या गरेको उनकी बुबा महोत्तरीको गौशाला नगरपालिका १० भरतपुर बस्ने रामजत महतोको आरोप छ ।
घटनाको सुक्ष्म अनुसन्धान गरी छोरीलाई हत्या गर्ने दोषीहरुलाई कारबाही गर्न माइतपक्षले माग गरेका छन् ।अञ्जुको शवलाई सोमबार बिहान पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।