२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ २७, २०७८

बर्दिया – बाँकेमा एक गेष्ट हाउसबाट संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित तीनजना पक्राउ परेका छन् ।

बाँके प्रहरीले दाङ घोराही उपमहानगरपालिका -४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन, र २९ वर्षीया रोविन बुढालाई पक्राउ गरेको हो ।शनिबार साँझ नेपालगंज उपमहानगरपालिका -१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसबाट संरक्षित वन्यजन्तुका अंगसहित उनीहरू पक्राउ परेको प्रहरीले बताएको छ ।प्रहरीले होटलको भुइँतलामा रहेको कोठामा राखेकाे कालो झोलाभित्र संरक्षित रेडपाण्डा (हाब्रे) को छाला थान १, सोही खाटको सिरानीमुनि प्लाष्टिकभित्र भालुको पित्त ४ वटासमेत बरामद गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले नेपाल प्रेसलाई बताए ।

उक्त गेष्ट हाउसभित्रसंरक्षित वन्यजन्तुका अंग कारोबार भइरहेको सुचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]