२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ २७, २०७८

जनकपुरधाम – हतियार सहित सर्लाहीबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ स्थित त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भनिने इवरान रायभाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार उनीहरु ब्रम्हपुरी गाउँपालिका वडा नम्बर २ बाट २ थान पेस्तोल, १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित पक्राउ परेका हुन् ।

सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।उनका अनुसार बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियार सहित भारतबाट नेपालतर्फ आउँदै गरेको गोप्य सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरीबाट खटेको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुलाई हातहतियार सहित पक्राउ गरेको छ ।

पक्राउ परेका आरोपितमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]