११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ०९, २०७७

सप्तरी – साउदी अरेबियामा बिरामीको शल्यक्रिया गर्न गएका एक डाक्टरको अपरेसन कक्षभित्रै मृत्यु भएको छ ।

साउदी सञ्चारमाध्यमहरुका अनुसार हाडजोर्नीसम्बन्धी शल्यक्रियाको लागि तयारी गरिरहेकै बेला डाक्टरको मृत्यु भएको हो । शुक्रबार खामित मुसाइत सिभिल हस्पिटलमा हृदयाघातको कारण महदी अल एमारीको मृत्यु भएको हो ।शल्यक्रिया गर्ने तयारी गर्दै गर्दा सहयोगीहरुले उनी अस्वस्थ रहेको देखेका थिए । स्वास्थ्य परीक्षण गर्दा उनीमा मुटुको समस्या देखिएको थियो । सहयोगीहरुका अनुसार उनको पेट दुखेको थियो र उनी निकै थकित तथा पीडामा देखिन्थे । त्यसपछि उनी उनले आफ्नो स्वास्थ्य परीक्षण गर्न अस्वीकार गर्दै बिरामीको अपरेसन गर्ने अडान राखेका थिए ।

तर, उनको स्वास्थ्य परीक्षण गरी इलेक्ट्रोडायग्राम गर्दा उनलाई हृदयाघात भएको पाइएको अस्पतालले बताएको छ । यद्यपि इलेक्ट्रोडायग्राम गरेपछि उनले अपरेसन गरे वा गरेनन् भन्ने खुलाइएको छैन । अस्पताले आफ्नो काम गर्दागर्दै मृत्युलाई प्राप्त गरेको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]