सिरहाबाट लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित एक महिला पक्राउ परेका छन् ।
सिरहाको धनगढिमाई नगरपालिका ११ नैनपुर बस्ने पवन महतोकी श्रीमती निला महतोलाई पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा बिहीबार राति ८ बजे घरमा खानतलासी गर्दा साढे ६ किलो गाँजा र लागुऔषध ६ सय स्पानो ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
गाँजा र ट्याबलेट बरामद भएपछि निलादेवीलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।