२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ २३, २०७८

सर्लाहीमा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ।ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्णबहादुर स्यङ्बोको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

प्रहरीले सोही ठाउँका ५८ वर्षीय पाल दोर्जे स्याङ्तानलाई मंगलबार राति पक्राउ गरेको हो।पुरानो रिसिइबीको कारण विवाद हुँदा दोर्जेले कृष्णबहादुरमाथि चक्कु प्रहार गरेका थिए।चक्कु प्रहारबाट गम्भीर घाइते भएका कृष्णबहादुरलाई उपचारको लागि लालबन्दीस्थित मोडेल अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि जनकपुर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हत्या आरोपित स्याङ्तानलाई प्रहरी चौकी फुल्जोर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]