
कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष काराबास तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुरका फरार प्रतिवादी ४१ वर्षीय वीरबहादुर चौधरी मंगलबार पक्राउ परेका हुन्।दाङ देउखुरी जिल्ला अदालतले २०७५ साल माघ २९ गते चौधरीलाई पाँच वर्ष कैद सजाएको फैसला सुनाएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
चौधरीलाई बुधबार अदालतमा पेश गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारगार चलान गरिएको प्रहरीले जनाएको छ।