२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ २२, २०७८

विराटनगर – सुनसरी बराहक्षेत्रबाट १५० किलो गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी- ७ का २५ वर्षीय अमिर लिम्बु रहेका छन् । मंगलबार बिहान चतराबाट आइरहेको को २ च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा भेनबाट १५० किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रहरीले गाँजासहित सिटा लुकाएर राखेको अवस्थामा १ थान नक्कली रिवलभर पेस्तोल पनि फेला परेको जनाएको छ । प्रहरीलाई देख्नासाथ तत्काल फरार रहेका २ जनाको खोजी कार्य भइरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]